गृहपृष्ठ » मुख्य समाचार, राजनीतिशीतलनिवास छाड्नुअघि राष्ट्रपतिले मागे लैनो गाईसहित गौचरण र गोठालो

शीतलनिवास छाड्नुअघि राष्ट्रपतिले मागे लैनो गाईसहित गौचरण र गोठालो

October 15, 2015२२४ पटक

काठमाण्डु,

तत्कालिन काँग्रेस महामन्त्री रामवण यादव मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भएपछि ‘भैंसी गोठालो’ राष्ट्रपति भएको भन्दै धेरैले खिस्याए ।

कृषिप्रधान देशमा ‘भैंसी गोठालो’ राष्ट्रपति हुनु स्वभाविक भए पनि राष्ट्रपति पदको गरिमामा समेत आँच आउने गरी नकारात्मक टिप्पणी भयो । राष्ट्रपतिमा निर्वाचित भएसँगै यादव आफैंले ‘केटाकेटीमा भैंसी चराउँथे’ भनेपछि त्यस्तो प्रचार भएको हो ।

Rambaran_Yadav_20130323091832

तर यतिबेला अर्को अनौठो संयोग परेको छ । भैंसी चराएर आएका राष्ट्रपतिले पद छाड्ने बेलामा भने आफ्ना लागि निवृत्त भएपछि दुधालु गाईको व्यवस्था मिलाइदिन माग गरेका छन् । यादवले आफ्नो आवासभित्र लैनो गाई र चरिचरण तथा गोठालोको समेत व्यवस्था गर्न सरकारलाई भनेका हुन् ।

राष्ट्रपति कार्यालयले केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्राचार गरेर नयाँ संविधानले तोकेअनुसारको व्यवस्था नभएसम्मका लागि सुविधायुक्त बसोबासको व्यवस्था गर्न अन्तरिम कार्यविधिसहितको सुविधाको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

यादवले आफू निवृत भएलगत्तै काठमाण्डु उपत्यकाभित्र उपयुक्त कम्पाउन्ड भएको फर्निसिङ सुविधायुक्त घरको व्यवस्था गर्न माग गरेका छन् । उनले अविवाहित छोरीसमेतका लागि २ वटा शयन कक्ष, भान्छा कोठा, अतिथि कक्ष, भण्डारकोठा, सभा कक्ष, निजी कार्यालय तथा परिसरभित्रै दैनिक जीवनमा सहयोग पु¥याउने सहायक कर्मचारी बस्न मिल्ने स्थान समेतको व्यवस्था गर्न माग गरेका छन् ।

त्यसैगरी यादवले पद–निवृत्त भएपछि स्थायी निवासका लागि राष्ट्रपतिसँग परामर्श गरी उपयुक्त स्थानमा ३ देखि ४ रोपनी क्षेत्रफलमा ५ बेडरुमको मूल निवास, भान्छा घर, स्टोर, सहयोगी, बास कक्ष, अतिथि कोठा, कार्यालय कक्ष, सभाकक्ष र सुरक्षाकर्मीसमेत रहने स्थायी आवासको व्यवस्था ६ महिनाभित्र गर्न पनि सरकारसँग माग गरेका छन् ।

आफू निवृत्त भएपछि औपचारिक समारोहका लागि सुविधासम्पन्न कार र जिल्ला भ्रमणका लागि फोर ह्वील जीप तथा पर्याप्त इन्धनको व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै कार्यालय व्यवस्थापन र दैनिक खर्च तथा पत्रपत्रिकाका लागि पर्याप्त बजेको व्यवस्था गर्न यादवले सरकारसँग माग गरेका छन् ।

उनले दैनिक कार्यसञ्चालन र अन्य प्रयोजनका लागि निजी सचिवालयमा सहसचिवसहित १० जना कर्मचारीको व्यवस्था गर्न माग गरेका छन् ।

यादवले निवृत्तिभरणका लागि ६० हजारसहित अतिथी सत्कार र मसलन्द खर्चसहित मासिक एकमुस्ट एक लाख १ण् हजार रुपैयाँको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

हाल राष्ट्रपति यादवको मासिक तल १ लाख २० हजार रुपैयाँ रहेको छ । यस्तै अतिथि सत्कार र अन्य विभिन्न शीर्षकमा राष्ट्रपतिले गर्ने खर्च सरकारले नै व्यहोर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण