गृहपृष्ठ » मुख्य समाचार, समचारगुल्मीका मासु पसलहरु अव्यवस्थित, सडेको मासु बरामद

गुल्मीका मासु पसलहरु अव्यवस्थित, सडेको मासु बरामद

October 15, 2015१२९ पटक

गुल्मी, असोज २८ –  गुल्मीमा सञ्चालन भएका अधिकांश मासु पसलहरु अव्यवस्थीत रुपमा सञ्चालन भएको भेटीएको छ । जिल्ला पशु सेवा कार्यालयले बिहीवार सदरमुकाम तम्घासमा गरेको अनुुगमनको क्रममा मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नभएको पाइएको हो ।

मापदण्डअनुसार सञ्चालन नभएका पसलहरुलाई एक महिना भित्रमा सुधार गरी सञ्चालन गर्न पशु सेवा कार्यालयले निर्देशन दिएको छ । तम्घासका दुईवटा मासुपसलहरुबाट  बिक्री गर्न राखेकोे कुखुराको चार किला सडेको मासुसमेत बरामद गरिएको थियो ।

अनुगमनको क्रममा फलफूल, मदिरा, रिचार्जकार्ड लगायतका सामग्रीहरु एकै ठाउँमा राखेर बिक्री वितरण गरेको, पसलहरु सफा नगरिएको, खिया लागेका तराजुबाट तौल गरेको फेला पारेपछि त्यस्ता व्यवसायीहरुलाई सचेत समेत गराइएको छ ।

पशु सेवा कार्यालयका अनुसार सदरमुकाम तम्घासमा रहेका मासु पसलहरुको पटक–पटक अनुगमन गरेर सुधारका लागि समय दिइए पनि अधिकांशमा सुधार भएका छैनन् ।

कार्यालयबाट अनुदान प्राप्त गरेरपनि मापदण्ड अनुसार पसल सञ्चालन नगर्ने त्यस्ता मासु पसलहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने तयारी समेत गरिएको पशु सेवा कार्यालयका प्रमुख डा. गौरीमान श्रेष्ठले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण