गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, समचारअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै

October 17, 2015२३५ पटक

काठमाडौं, असोज ३० – आज अक्टोबर १७, अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ का दिन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउने गरिएको छ ।

नेपालमा भने दोस्रो पटक यो दिवस मनाउन लागिएको हो । नेपालमा सहकारी तथा गरिबी निवारण मन्त्रालयको सक्रियतामा गएको वर्षदेखि यो दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा यस वर्षको नारा ‘दीगो भविष्य निर्माणः गरिबी र भेदवाभव अन्त्यका लागि एक भएर लागौं’ भन्ने तय गरिएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिबी अन्त्यका लागि सरकार कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अझै पनि देशका धेरै नागरिक गरिबीका कारण आधारभूत आवश्यकताबाटै वञ्चित भएको अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो समस्या समाधानका लागि राजनीतिक दल, नागरिक समाजा, समाजका सबै पक्ष, वर्गा र नागरिकको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको छ । संविधानसभाबाट संविधान जारी भैसकेकाले अब सबैको ध्यान आर्थिक विकास तर्फ हुने उहाँको भनाई छ ।

सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्ति गर्न सबैका एकीकृत प्रयासको खाँचो रहेको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गुर्नभएको छ ।

नेपालमा अहिले २३ दशमलव ८ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको सरकारी तथ्यांक छ । सन् २०३० सम्ममा विश्वबाट गरिबी निवारण गर्ने संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्य पूरा गर्न सरकार कटिबद्ध रहेको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण