गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारचिनियाँ सहयोगको एमआरआई मेसिन वर्ष दिन नबित्दै ठप्प

चिनियाँ सहयोगको एमआरआई मेसिन वर्ष दिन नबित्दै ठप्प

August 7, 2015४३५ पटक

२२ साउन, काठमाडौं । बानेश्‍वरस्थित निजामती कर्मचारी अस्पताललाई चीन सरकारले दिएको करिब चार करोड रुपैयाँ पर्ने एमआरआई मेसिन एक वर्ष नपुग्दै बिग्रिएको छ।

MRIयसअघि चारपटकसम्म बिग्रिएको उक्त मेसिनको यसपालि सफ्टवेयरमै समस्या आएपछि थन्किएको हो। अस्पतालमा २२ दिनदेखि एमआरआई सेवा ठप्प भएपछि बिरामीले सेवा पाउन सकेका छैनन्।

चीनको नियो सफ्ट नामक कम्पनीले गत भदौमा २० करोड मूल्य बराबरका उपकरण प्रदान गर्दा उक्त मेसिन पनि अस्पताललाई दिएको थियो।उपत्यकामा शिक्षण अस्पताल र निजामती अस्पतालले मात्र एमआरआई सेवा दिँदै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।

शिक्षण अस्पतालमा सेवा पाउन बिरामीलाई २० देखि २५ दिनमा मात्र पालो आउने भएकाले त्यहाँका बिरामी पनि निजामतीमै आउने गरेका थिए। सस्तो भएकाले पाटन, वीर, वीरेन्द्र सैनिकलगायत ठूला अस्पतालका बिरामीसमेत उक्त अस्पतालमा एमआरआई सेवा लिन पुग्ने गरेका थिए।

दैनिक सरदर १८ जनालाई एमआरआई सेवा दिँदै आएको अस्पतालले समयमै मेसिन मर्मतमा चासो नदिँदा आफूहरू मर्कामा परेको गुनासो बिरामीले गरेका छन्। ‘हामीले यहाँ ५ हजारमै एमआरआई गर्थ्‍यौ। यसपालि मेसिन बिग्रेको भन्दै बाहिर जानुपर्‍यो। आज आउँदा पनि बनेको छैन भन्छन्’, हजुरआमालाई वीर अस्पतालबाट एमआरआई गराउन आएकी धापासीकी लक्ष्मी न्यौपानले भनिन्’,

‘बाहिर १२ हजार तिरेर गराउनुपर्ने बाध्यता आइपर्‍यो, खै कसलाई भन्‍ने र हाम्रो मर्का अस्पतालका निर्देशक डा. विमल थापाले मेसिन दिने कम्पनीलाई पटकपटक आग्रह गरे पनि काममा ढिलाइ भइरहेको बताए।

‘मेसिन बनाउन चीनबाट प्राविधिक आउनुपर्ने भयो। उनीहरूलाई आउन समय लाग्ने देखिएपछि अनलाइनबाट सफ्टवेयर बनाउने काम सुरु भएको जानकारी दिएका छन्,’ उनले भने। डा. थापाका अनुसार आगामी एक साताभित्र मेसिन बनाउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण