गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारहोसियार ! पैसा चोर सक्रिय छन्

होसियार ! पैसा चोर सक्रिय छन्

October 18, 2015२५६ पटक

chor१ कात्तिक, काठमाडौं । चाडपर्वको बेला बैंकबाट रकम निकाल्न या नयाँ नोट साट्न जाँदै हुनुहुन्छ भने होसियार रहनुहोस् । किनकी बैंकबाट पैसा निकाल्न पुगेका सर्वसाधारणबाट चोरी गर्ने गिरोहले नगद चोर्ने क्रम बढेको छ ।

असोज २२ गते भूगोलपार्कस्थित नेपाल बैंक लिमिटेडमा लाम बसेका चाबहिल बस्ने चेतनाथ पराजुलीको चार लाख रुपैयाँ दिउँसै लुटियो । लाइनमा बसेका पराजुलीको झोला काटेर नगद कुम्लाएर फरार भएका लुटेराहरुलाई महानगरीय वृत्त जनसेवाले पक्राउ गरेपछि बैंक ढुकेर लुट्ने गिरोह सक्रिय रहेको खुलेको नागरिकमा खबर छ ।

विभिन्न बैंकमा ढुक्ने र महिला तथा वृद्धवृद्धाबाट नगद लुट्ने गिरोह सक्रिय रहेको पाइएपछि सुरक्षा सतर्कता बढाइएको जनसेवा प्रहरीका प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण