गृहपृष्ठ » मुख्य समाचार, समचारवीराटनगर नाकाबाट इन्धन बोकेका १० वटा गाडी भित्रिए

वीराटनगर नाकाबाट इन्धन बोकेका १० वटा गाडी भित्रिए

October 18, 2015१२७ पटक

वीराटनगर, कात्तिक १ – वीराटनगर नाका भएर १० वटा इन्धन बोकेका गाडी नेपाल भित्रएका छन् । शनिबार राति डिजेल बोकेका सात वटा र पेट्रोल बोकेका तीन वटा ट्यांकर नेपाल भित्रिएको वीरटनगर भन्सार कार्यालयले जनाएको छ ।

यस्तै अरु सामान बोकेका दुई सय ७६ वटा गाडी पनि नेपाल भित्रिएका छन् । भारतको अघोषित नाकाबन्दीपछि अरु सामान बोकेका गाडी नेपाल भित्रिएपनि इन्धनका गाडी भने कम मात्रै भित्रिने गरेका छन् ।

तर भन्सार कार्यालय वीराटनगरले भने लाइनमा भएका गाडीहरु आउने क्रममा नै रहेकोले भारतीय भन्सारबाट कुनै असजिलो नभएको जनाएको छ । कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले वीराटनगर भन्सार कार्यालय सञ्चालनमा कुनै असजिलो नभएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण