गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारदशै आउँनै लाग्दा वामीमा चहलपहल शुरु, मुल्य बेद्धि बढ्यो, झिनिया रोटीहरु पनि देखिन थाले ।।

दशै आउँनै लाग्दा वामीमा चहलपहल शुरु, मुल्य बेद्धि बढ्यो, झिनिया रोटीहरु पनि देखिन थाले ।।

October 18, 2015२४९ पटक

अनिश गैरे, वामी गुल्मी ।।
हिन्दुहरुको महान पर्व बिजयादशमी नजिकिदै गर्दा वामी तथा यस आसपासका क्षेत्रहरुमा चहलपहल बढदै जान थालेको छ । दशै सुरु हुन अब केही दिन मात्रै बाँकी रहँदा विभिन्न शिलशिलामा देश तथा बिदेशमा रहेका स्थानीयहरु घर फर्कने क्रम बढे संगै चहलपहल बढ्दै गएको हो । त्यस्तै दशैले बजारमा दैनिक उपभोग्य सामानको किनमेल पनि बढेको छ भने दशैका बेलामा प्रयोग गरिने विभिन्न रङरोगनका समानहरुको पनि माग बढ्दै गएको छ । यसैबिच दशै नजिकिरहेका बेला बजारमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य पनि बढेको छ भने अभाब पनि देखिन थालेको छ । भारतको नाकाबन्दीका कारण ईन्धनको अभाब देखिन थालेको छ भने दैनिक नभईनहुने सामग्रीहरु महँगीएका छन । यता चाडपर्वहरु शुरु भएपछि बिशेष जोडका साथ किनमेल हुने झिनिया रोटीहरु पनि वामी बजारमा देखिन थालेका छन ।
जब जब नेपालीहरुको घरघरमा चाँडपर्बहरुको आगमन सुरु हुन्छ,तबमात्र बजारभरी झिलीमीली झिनिया रोटी देख्न सकिन्छ । गुल्मीको वामी टक्सारमा प्रशस्तै बजारभरी सुकाईएको रुपमा देख्न सकिने झिनीया रोटी बिशेष गरी दीपावली पर्बमा प्रयोग गर्ने गरीन्छ । तिहार सँग सँगै बिभिन्न बिबाह भोज भतेरहरु तथा भाईटीकाको दिन दिदि बहिनीले दाजुभाईहरु लाई उपहार दिन पनि झिनीया रोटीको प्रयोग हुने गरेको स्थानीय ब्यबसायीहरुको भनाई छ । गहुँको आटा मैदा खाने रङ्ग लगायतका बिभिन्न सरसामाग्रीहरुको प्रयोग गरी झिनियन रोटी बनाउने गरीन्छ । वामी टक्सारमा तयार गरीने झिनीया रोटीे जील्लाको बिभिन्न स्थानहरुको साथसाथै बाग्लुङ्को बुर्तिबाङ बुटवल सम्म माग हुने गरेको तर माग धान्न नसकिएको ब्यबसायीहरुले बताए ।
बिशेष गरी दीपावली पर्बमा टाढिएका आफन्त हरु भेटघाट हुने भएकाले सँगै बसेर बिभिन्न रोटीका परिकार हरु सँगै यस्ता रोटीहरु खाँदै साथीभाईहरु सँग देउसी भैलो सँगै रमाउदा निकै आनन्द आउने परदेशमा बसी चाठपर्व मनाउन आएका हरुको भनाई रहेको छ । तिहारको रमाइलो सँगै यी रोटीहरुको ब्यापार गरी प्रशस्तै मात्रामा आम्दानी गर्न सकिने उत्पादकहरुको भनाई छ । तसर्थ यस्ता घरेलु उत्पादनहरुलाई सँगठीत रुपमा ब्यबसायीक तरिकाले हरेक क्षेत्रमा पुर्याई रोटी उत्पादकहरुलाई प्रोत्साहन गर्न आबश्यक छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण