गृहपृष्ठ » खेलकुद, मुख्य समाचारप्रिमियर लिगमा न्युक्यासलको पहिलो जित

प्रिमियर लिगमा न्युक्यासलको पहिलो जित

October 19, 2015२३८ पटक

– न्युक्यासलले इंग्लिस प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । यो सिजन प्रिमियर लिगमा फर्किएको न्युक्यासलले आइतबार राति भएको खेलमा नर्भिचलाई ६–२ ले हराउँदै लिगको नवौं खेलमा पहिलो जित निकालेको हो ।न्युक्यासलको जितमा जर्जिनियो वाइनाल्डम एक्लैले चार चोल गरे । जर्जिनियोले १४, २६, ६६ र ८५ औं मिनेटमा गरी चार गोल गरेका हुन् । न्युक्यासलका लागि आयोजा पेरेज र एलेक्जेन्डर मिटरोभिचले पनि एक एक गोल गरे । नर्भिचका लागि बोकानी र नाथन रेडमन्डले एक एक गोल फर्काए । ९ खेलबाट ६ अंक जोडेको न्युक्यासल तालिकाको १८ तथा ९ खेलबाट ९ अंक नै जोडेको नर्भिच १६ औं स्थानमा छ ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण