साना दल समेट्दा मन्त्रिपरिषद् जम्बो
काठमाडौं, कात्तिक २
केपी शर्मा ओली नेतृत्व मन्त्रिपरिषद् जम्बो बन्ने देखिएको छ । नागरिक दैनिकमा समाचार छ ।
एक दुई सिट मात्र रहेका साना दललाई समेत समेट्न खोज्दा मन्त्रिपरिषद् जम्बो बन्न लागेको हो । मन्त्रिपरिषद्मा केही साना दल समेटिइसकेका छन् भने अन्यलाई ल्याउने तयारी भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको दल एमालेले पनि मन्त्रीहरुको अन्तिम नामावली टुंगो लगाइसेकेको छैन् ।
आइतबार ९ मन्त्रीले सपथ लिएपछि मन्त्रिपरिषद १८ सदस्यीय बनिसकेको छ । मन्त्रालयहरुमा राज्मन्त्रीहरु पनि हुन्छन्, अहिलेको छलफल अनुसार कम्तीमा २५ सदस्यीय मन्त्रिपरिषद् बन्ला जस्तो छ ।