गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारनेपालले चाहे चीन इन्धन दिन तयार

नेपालले चाहे चीन इन्धन दिन तयार

October 19, 2015२९९ पटक

काठमाडौं – दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले औपचारिक रुपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन तयार रहेको बताएको छ ।

Nepal-China

एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग आइतबार भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले असल छिमेकीका नाताले नेपाललाई जस्तोसुकै संकटको घडीमा पनि सघाउन आफ्नो मुलुक तत्पर रहेको स्पष्ट पारेका हुन् । सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहजरुपमा निर्यात गर्न सक्ने राजदूतले बताएको खनाल निकट स्रोतले जानकारी दियो, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण