गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, विशेष, समचारदसैंमा दाउरामा पकाएको खाना

दसैंमा दाउरामा पकाएको खाना

October 19, 2015४६० पटक

२ कात्तिक, काठमाडौं ।

सूर्यविनायक नगरपालिका वाराहीस्थानका वासु खडकाको घरमा ग्यासको सिलिन्डर रित्तिएको तीन साता भयो । उनको परिवारले दाउराबाट खाना पकाउने गरेका छन् । ‘बाध्यता हो, दाउराको चुलोमा खाना पकाउँदा रमाइलो लाग्न थालेको छ’, उनले भने, ‘यो दसैंमा दाउराको चुलोमा पाकेको खाने हो ।’

आफ्नै वरिपरिको स्रोतसाधनलाई उपयोग गरी भान्सा टर्ने र स्वादिष्ट पनि हुने उनले भने । डेढ वर्षदेखि हाइवेको नजिक खाना र खाजा पसलसमेत सञ्चालन गर्दै आएका वासुको पसलमा महिनामा १५ वटा ग्यासका सिलिन्डर सिद्धिन्थे । ग्यास अभावसँगै एउटा पाटोमा भने फाइदा पुगेको उनी बताउँछन् । ‘महिनामा २२ हजार ५ सयको ग्यास लाग्थ्यो, अहिले खर्च पनि कम भएको छ’, उनले भने, ‘ग्यासको तुलनामा दाउरा एक भाग मात्र लाग्छ ।’

daurama khana pakaudai

दाउरा र भूसको चुलोमा पकाउन केही झन्झट भए पनि व्यवस्थित रूपमा धूवाँ कम गर्न चिम्नी राख्न सकिने उपायसमेत अपनाउन थालेको उनले बताए । ‘दसैंसम्म यही भूसे चुलो र दाउरामै खाना पकाउँछौं’, उनले भने, ‘दाउराबाट कोइला निकाल्न सकिने र त्यही कोइलाबाट थप खाना पकाउन सकिने उपाय अपनाइसकेको छु ।’ केहीमा पनि काम नलाग्ने भूस र अनावश्यक काठमा पकाएको स्वादिष्ट खाना भन्दै ग्राहकले समेत हौसला दिने गरेको उनी बताउँछन् । दाउरा र भूसको चुलोमा खानाका परिकार तयार गर्दा धेरै समय लाग्ने भए पनि फुर्सदिलाका लागि रमाइलो रहेको समेत उनले बताए ।

वासुको जस्तै मध्यपुर थिमीका गुप्त खड्काको कथा पनि उस्तै छ । दोलखा स्थायी घर भएका गुप्तको वषौंदेखि छुटेको दाउराको चुलो बल्न सुरु गरेको एक महिना भएको उनले बताए । ‘दोलखा हुँदा दाउराको चुलोमा पकाएकै खाना खाएर हुर्केको हो’, उनले भने, ‘दाउराको आगोमा पकाउँदा खानाको स्वाद नै भिन्न हुन्छ, यो दसैंमा दाउराको चुलोमा पकाएकै खाना खाइन्छ ।’ आजको कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण