गृहपृष्ठ » मुख्य समाचार, राजनीति​राष्ट्रपति र उपराष्ट्रपति चयनको तयारी

​राष्ट्रपति र उपराष्ट्रपति चयनको तयारी

October 23, 2015२१५ पटक

काठमाडौं, कात्तिक ६ –  नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनको लागि तयारी सुरु भएको छ । व्यवस्थापिका संसद अधिवेशन आह्वान भएको ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्नुपर्ने व्यवस्था भएकाले त्यस अनुसार तयारी सुरु भएको हो ।

संसदको बैठक भोलि बस्ने भएकाले भोलिदेखि नै राष्ट्रपति चयनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपति निर्वाचनको लागि भोलि कार्यतालिका प्रकाशित गर्ने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार सुरुमा सहमतिको आधारमा राष्ट्रपति चयनको लागि दलहरुलाई समय दिइने र नभएमा चुनावी प्रक्रिया सुरु हुनेछ । दसैं सकिए लगत्तै नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्ने भएकाले दलहरु पनि आवश्यक गृहकार्यमा जुटेका छन् । तर राष्ट्रपतिको उम्मेदवारबारे अझै यकिन भैसकेको छैन ।

यसअघि कांग्रेसले प्रधानमन्त्रीको चुनावमा सहमति तोडेको भन्दै एमाले र एकीकृत माओवादीले सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बनाउने तयारी गरेका छन् । तर कांग्रेसलाई राष्ट्रपति दिनेबारे पनि सत्तारुढ दलहरुभित्र छलफल भैरहेको छ । नयाँ संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन भने भैसकेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण