गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारभारतविरुद्ध पाकिस्तानको ठूलो सैन्य तयारी

भारतविरुद्ध पाकिस्तानको ठूलो सैन्य तयारी

October 23, 2015२१६ पटक

एजेन्सी

फोटो :पाकिस्तानले बनाएको परमाणु हतियार । तस्बिर : एजेन्सी

पाकिस्तान विश्वको पाँचौ बलियो परमाणु शक्ति बन्दै 
एजेन्सी : सदैव सत्रुतापूर्ण सम्बन्ध रहेको पाकिस्तानले भारतविरुद्ध ठूलो सैन्य तयारी थालेको छ ।
न्यूकिलयर रिपोर्टमा उल्लेख भएअनुसार परमाणु हतियारबारेमा पाकिस्तानका विदेश सचिव एजाज चौधरीको वक्तब्यको भोलिपल्ट ‘बुलेटिन अफ द एटमिक साइन्टिस्ट्स’ को ताजा न्युक्लियर नोटबुकको रिपोर्टका अनुसार पाकिस्तानसँग ११० देखि १३० सम्म परमाणु हतियराको स्टक रहेको छ ।
सन् २०११ मा पाकिस्तानसँग ९० देखि ११० परमाणु हतियार रहेका थिए । रिपोर्टमा उल्लेख भएअनुसार सन् २०२५ सम्ममा पाकिस्तान विश्वकै पाँचौ शक्तिशाली परमाणुयुक्त देश बन्नेछ ।
रिपोर्टमा उल्लेख भए अनुसार पाकिस्तानले निरन्तर आफ्नो परमाणु हतियारको संख्यामा वृद्धि गर्दै लगेको छ । चर्चित न्युक्लियर विज्ञ ह्यान्स क्रिस्टेन्सन र रोबर्ट नरिसले आफ्नो रिपोर्टमा पनि पाकिस्तान छोटो दुरीका परमाणु मिसाइल बनाउने काममा जुटिरहेको छ ।
पाकिस्तानले भारतीय सेनाले कुनै पनि बेला गर्न सक्ने हमलाको जबाफी कारबाहीका क्रममा भारतमाथि हाबी हुने गरी परमाणु हतियार बनाइरहेको उनीहरुको रिपोर्टमा उल्लेख छ ।
टाइम्स अफ इन्डियाका अनुसार अमेरिकामा बिहीबार प्रकाशित हुन लागेको रिपोर्टमा पाकिस्तानको परमाणु हतियारको स्टकमा विवादास्पद नयाँ परमाणु सक्षम मिसाइलमा एनएएसआर (एचएटीए-९) पनि सामेल रहेको छ ।
यो एक एक छोटो दुरीको शक्तिशाली फ्यूल मिसाइल हो । जसले केबल ६० किलोमीटर (३७ माइल) सम्म क्षति गर्ने क्षमता राख्छ । यो मिसाइललार्इ भारतसँग युद्धको अवस्थामा प्रयोग गर्नका लागि बनाइएको हो ।
भारतीय सुरक्षा अधिकारीका अनुसार ‘पाकिस्तान यी मिसाइलका प्रयोग भारतविरुद्ध छोटो समयको लडाइँमा हाबी हुनका लागि प्रयोग गर्न सक्नेछ ।
मंगलबार पाकिस्तानले पहिलो पटक घोषितरुपमै भनेको थियो, उसले भारतको हमलाको सामना गर्न छोटो परमाणु हतियार तयार गरेको छ ।
तर यी हतियारको प्रयोग पाकिस्तानको भूमिमा आतंकवाद विरोधी अभियानविरुद्ध प्रयोग गर्ने सम्भावना रहेको छैन ।
न्युक्लियर विज्ञ ह्यान्स क्रिस्टेन्सनले बताए अनुसार दुबै देशबीचमा आतंकवादविरुद्ध थालिने छोटो भन्दा छोटो युद्धले पनि ठूलो रुप लिन सक्ने अवस्था छ । यो लडाइँ अघि बढेर परमाणु हतियारसम्म पनि पुग्न सक्ने चिन्ता उनले जनाएका छन् ।
रिपोर्टमा जनाइए अनुसार परमाणु हतियार बनाउने दिशामा यदि पाकिस्तान यही गतिमा अघि बढ्यो भने सन् २०२५ सम्ममा पाकिस्तानसँग २२०‌-२५० सम्म परमाणु हतियारको स्टक जम्मा हुनेछ । यदि यसो भएमा पाकिस्तान परमाणु हतियारले युक्त विश्वको पाँचौ शक्तिशाली देश बन्ने करिब पक्कापक्की छ ।
अन्नपूर्ण पोस्ट
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण