गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोचा निर्णायक वार्ता गर्ने तयारीमा ।।

सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोचा निर्णायक वार्ता गर्ने तयारीमा ।।

October 23, 2015२६० पटक

कार्तिक ६ गते।।

सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच निर्णायक वार्ताको तयारी भइरहेको छ । दुवैपपक्षले आफ्ना एजेण्डासहित वार्तामा बस्ने बताएका छन् । मोर्चाले सिमाङकनको स्पष्ट खाका लिएर मात्रै वार्तामा आउन सरकारलाई आग्रह गरेको छ । अबको वार्ताे सिमाङकनमा केन्द्रित हुने र निर्णायक बनाउने तयारी भएको सरकारी र मोर्चाका वार्ता टोली सदस्यले बताएका छन् । वार्ता मोर्चा र सरकार बचि अब आउदो भोलि दिउसो १ बजेर परराष्ट्र मन्त्रालयमा हुने भएको छ । संघिय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु रावतले वार्ताका लागि आफुहरु तयार रहेपनि तीन दल र सरकारले सिमाङकन पुर्नबिचार सहितको स्पष्ट खाका ल्याउनुपर्ने बताउनुभयो । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा लगाएत मधेसवादी दलहरुले सिमाङकनको पुर्नबिचार गर्नुपर्ने निर्वाचन क्षेत्र निर्धारणको बिषय सच्याउनुपर्ने, समानुपातिक समाबेशि प्रणाली लगाएत बिषयलाई आन्दोलन गरिरहेका छन् । सरकार र तीन दलले आफ्नो औपचारिक धारणा सहित वार्तामा जाने भएका छन् । औपचारीक धारणा तय गर्न आज दिउँसो र भोलि बिहान आन्तरिक छलफल गर्ने दलहरुले बताएका छन् । सत्तासिन दलले संवैधानिक आयोग बनाएर सीमांकनको विषय टुङ्गो लगाउने तयारी गरेका छन् । पुरा गर्न सकिने माग तत्काल संविधान संसोधन मार्फत पुरा गर्ने र सीमांकनको विषय टुङ्गो लगाउन संघिय आयोग बनाउने सहमति भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेससँग समेत छलफल गरेर त्यसमा मोर्चासँग सहमति गर्ने एमाले उपाध्इा युवराज ज्ञवालीले सीआइएनलाई जानकारी दिनुभयो । मधेसी मोर्चले तराई मधेसमा झापादेखि कञ्चनपुरसम्म दुई प्रदशेको अडान राखेका छन् । मुख्य गरि कैलाली कञ्चनपुर, झापा, मोरङ र सुनसरी पाँच जिल्लाका विषयमा दलहरुबीच विवाद छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण