खसी बोकाको कारोबार कमि
गत बर्षको तुलनामा यो बर्ष उपत्यकामा खसी बोकाको कारोबार कमि आएको छ। भारतको अधोषीत नाका बन्दीका कारण पेट्रोलियम पद्र्धाथ तथा ग्यासको अभावले खसी बोकाको व्यापार कम भएको व्यवसायीहरुको भनाई छ ।
विषेशत राजधानीमा बस्ने अघिकाँस गाउँ फर्किएको र यहि बस्नेहरुसंग ग्यासको अभाव भएकाले खसी बोकाको कारोबारो घटेको व्यवसायीको बुझाई छ । दशैको अबसरमा उपत्यकामा खसी बोकाको माग पुर्याउन नसकिएको भएपनि यो बर्ष उपत्यकामा खसी, बोका, भेडा, च्याङग्राको व्यापार कमभएको स्थानिय व्यवसायीको भनाई छ ।
यो बर्ष गत बर्षको तुलनामा कममात्रमा तराईबाट खसि बोका आएका थिए । पेट्रोलियम पद्धार्थको अभावका कारण ढुवानीमा समस्या भएपछि कम मात्रमा आएका खसिबोकाको व्यापार पनि सोचजस्तो नभएको व्यापारीको भनाई छ ।