गृहपृष्ठ » मुख्य समाचार, समचारभारतीय नक्कली नोटसहित दुईजना पक्राउ

भारतीय नक्कली नोटसहित दुईजना पक्राउ

October 23, 2015२१४ पटक

पर्सामा प्रहरीले भारतीय नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबारीहरुले भारतीय नक्कली नोट बोकेर भारततर्फ जाँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्जको घण्टाघरबाट भारत जाँदै गरेको ना १६ प २१८३ नम्बरको मोटरसाइकल सहित पर्सा जानकीटोला–३ का छठु बैठालाई पक्राउ गरेको हो ।
उनको साथबाट एक हजारको एकसय थान भारतीय नक्कली नोट, पाँच सयको भारतीय सक्कली नोट ३ थान, एक हजार नेपाली नोट १९ थान र ५ सयको १२ थान नेपाली नोट बरामद गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । नक्कली नोटको कारोबारमा संलग्न रहेको आशंकामा वीरगन्ज–१० बस्ने श्रीदेव गिरीलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण