गृहपृष्ठ » खेलकुद, मुख्य समाचाररोनाल्डो आठौं नम्बरमा, मेस्सी सूचीमै परेनन्

रोनाल्डो आठौं नम्बरमा, मेस्सी सूचीमै परेनन्

October 23, 2015३१० पटक

कात्तिक ६ – स्पेनिस क्लब रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डो विश्वका १० मुल्यवान एथ्लेट ब्राण्डभित्र परेका छन् । अमेरिकी पत्रिका फोब्सले सार्वजनिक गरेको मुल्यवान एथ्लेट ब्राण्डको र्‍याङकिङमा रोनाल्डो आठौं स्थानमा छन् ।

तर बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी भने मुल्यवान १० एथ्लेट ब्राण्डको सूचीमा अटाउन सकेनन् । रोनाल्डो गएको वर्षको भन्दा एक स्थान तल झरेर आठौं स्थानमा छन् । रोनाल्डोका ब्राण्ड मूल्य एक करोड ६० अमेरिकी डलर रहेको फोब्सले जनाएको छ ।

मुल्यवान एथ्लेट ब्राण्डको पहिलो नम्बरमा गल्फर टाइकर उडा छन् । उनको ब्राण्ड मूल्य एक करोड ९४ लाख  पाउण्ड स्टर्लिङ रहेको फोब्सले जनाएको छ । दोस्रो नम्बरमा गल्फर फिल मिकेल्सन छन् । उनको ब्राण्ड मूल्य एक करोड ८० लाख २० हजार पाउण्ड स्टर्लिङ छ ।

एक करोड ७५ लाख पाउण्ड स्टर्लिङ ब्राण्ड मूल्य रहेका टेनिस खेलाडी रोजर फेडेरर र बास्केट बलमा लिब्रोन जेम्स संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

मुल्यवान १० टिममा रोनाल्डोको टिम रियल मड्रिड पाँचौं नम्बरमा छ । रियल मड्रिडको मूल्य तीन अर्ब १० लाख पाउण्ड स्टर्लिङ रहेको फोब्सले जनाएको छ । दुई अर्ब ८९ करोड पाउण्ड स्टर्लिङ मूल्य भएको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छैटौं तथा दुई अर्ब ८३ करोड पाउण्ड स्टर्लिङ मूल्य भएको बार्सिलोना सातौं स्थानमा छन् । मूल्यवान टिमको शीर्ष चार स्थानमा अमेरिकी बेसबल टिम परेका छन् ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण