गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारसंसारकै बढी तलब खाने प्रधानमन्त्री-राष्ट्रपति, नेपालभन्दा सिंगापुर प्रमुखको तलब १६७ गुणा बढी

संसारकै बढी तलब खाने प्रधानमन्त्री-राष्ट्रपति, नेपालभन्दा सिंगापुर प्रमुखको तलब १६७ गुणा बढी

August 7, 2015५५४ पटक

 संसारकै बढी तलब खाने प्रधानमन्त्री-राष्ट्रपति, नेपालभन्दा सिंगापुर प्रमुखको तलब १६७ गुणा बढी

नेपालमा सरकारी सेवामा रहेर सबैभन्दा बढी तलव सुविधा लिन्छन् राष्ट्रपतिले ।

नेपालका राष्ट्रपति डा. रामवरण यादवले मासिक १ लाख ९ हजार ४ सय १० रुपैयाँ बुझ्छन् । वार्षिक रुपमा राष्ट्रपति यादवले १३ लाखको हाराहारीमा तलब लिन्छन् ।

यस्तै, उपराष्ट्रपति परमानन्द झाको तलब राष्ट्रपतिको भन्दा झण्डै ३० हजार कम छ । झाले मासिक ७८ हजार ५ सय ६० रुपैयाँ तलब लिन्छन् ।

प्रधानमन्त्रीको तलब ५६ हजार २ सय रुपैयाँ छ । नेपालका सरकार प्रमुखको तुलनामा विश्वका राष्ट्र तथा सरकार प्रमुखको तलब अनुमान नै गर्न नसकिने खालको छ ।
सबैभन्दा बढी तलब लिने २० राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको तलब यहाँ प्रस्तुत गरिएको छ ।

१. ली सेन लंग, प्रधानमन्त्री– सिंगापुर
सिंगापुरका प्रधानमन्त्री ली सेन लंग विश्वमै सबैभन्दा बढी तलब खाने सरकारी उच्च पदस्थ अधिकारीमा पर्छन् । उनको बार्षिक तलव २.२ मिलियन अमेरिकी डलर (२२ करोड नेपाली रुपैयाँ ) छ । जुन सिंगापुरका नागरिकको औसत तलब भन्दा ३० गुणा बढी हो । उनले बार्षिक रुपमा आयकर मात्रै १७ करोड रुपैयाँ कर तिर्छन् । नेपालको राष्ट्रपतिको तुलनामा उनको तलव १६७ गुणा बढी छ ।

२. लन चाङ यीङ,  कार्यकारी प्रमुख– हङकङ
हङकङका कार्यकारी प्रमुख लन चाङ यीङ सबैभन्दा बढी तलव खाने सरकार प्रमुख मध्ये दोस्रो स्थानमा छन् । हङकङका सरकार प्रमुख यीङको बार्षिक तलव ५ करोड २५ लाख नेपाली रुपैयाँ बराबर छ । उनको तलब हङकङका नागरिकको औसत तलब भन्दा १२ गुणा बढी छ । चीनको विशेष प्रशासनीक क्षेत्र हङकङका प्रमुख भन्दा चीनका राष्ट्रपतिको तलव २७ गुणा कम छ । चीनका राष्ट्रपति सी जीङपीङको बार्षिक तलब १९ लाख रुपैयाँ मात्रै छ ।

३. बाराक ओबामा, राष्ट्रपति– अमेरिका
सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति बाराक ओवामाको तलव वार्षिक ४ करोड रुपैयाँ छ । अमेरिकी नागरिकको औसत तलव भन्दा बाराक ओवामाको तलव १८ गुणाले बढी छ । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लू बुसभन्दा ओबामाको तलब झण्डै दोब्बरले बढी हो ।

४. टोनी एबट, प्रधानमन्त्री–अस्ट्रेलिया
क्रमशः विश्वको ध्यान आफूतिर तानिरहेको मुलुक अस्ट्रेलियकाका प्रधानमन्त्री टोनी एबट सबैभन्दा बढी तलव खाने सरकार प्रमुख मध्येमा चौथो स्थानमा छन् । एबटको बार्षिक तलव ३ करोड ४८ लाख नेपाली रुपैयाँ छ । हालै मात्रै  एबटले आफ्नो तलव बढाएका हुन् ।

५. मिचेल डी हिगिन्स्,  राष्ट्रपति– आयारल्याण्ड
युरोपियन मुलुक आयरल्याण्डका राष्ट्रपति मिचेल डी हिगिन्स् पनि बढी तलव सुविधा लिने मध्येमा पर्छन । तर, उनले आफ्नो तलव बढी भएको भन्दै घटाउन माग गरेका थिए । उनको मागलाई सम्वोधन गर्दै त्यहाँका सरकारले यसै वर्ष उनको तलव घटाएको थियो । यसरी घटेको तलब अनुसार पनि उनले बार्षिक तलब ३ करोड ४३ लाख बुझ्छन् ।

६. जेभियर बेट्टेल, प्रधानमन्त्री– लग्जेम्बर्ग
लग्जेम्बर्गका प्रधानमन्त्री जेभियर बेट्टेल र आयरल्याण्डका राष्ट्रपतिको तलव बराबरी छ । उनले पनि बार्षिक ३ करोड ४३ लाख रुपैयाँ तलब लिन्छन् । उनी सन् २०१३ डिसेम्बर ४ मा लेग्जेम्बर्गका प्रधानमन्त्री बनेका थिए । यसअघि उनी लग्जम्ेबर्ग सिटीका मेयर थिए ।

७. स्टेफिन हार्पर, प्रधानमन्त्री, क्यानडा
क्यानडा विकासको तिब्र गतिमा दौडिरहेको मुलुक हो । क्यानडाका प्रधानमन्त्री स्टेफिन हार्पर छन् । उनको बार्षिक तलब ३ करोड ३३ लाख रुपैयाँ छ । क्यानडाका नागरिकहरुले उनले धेरै तलव लिएको भन्दै आलोचना गर्ने गरेका छन् ।

८. जोन कि, प्रधानमन्त्री–न्यूजिल्याण्ड
न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कि सबैभन्दा बढि तलव खाने सरकार प्रमुखको आठौ नम्बरमा छन् । उनको बार्षिक तलव २ करोड ९२ लाख रुपैयाँ छ । जुन न्यूजिल्याण्डका नागरिकको औसत तलवभन्दा १० गुणाले बढी हो ।

९.एन्जेला मर्केल, चान्स्लर–जर्मनी
एक समयको शक्तिशाली मुलुक हो र्जमनी । अहिले पनि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकको रुपमा स्थापित छ यो देश । जर्मनीका चान्सलर एन्जेला मर्केल बार्षिक २ करोड ८६ लाख तलब बुझ्छिन् । उनले लिएका तलवमा जर्मनका नागरिक खुसी छन् । जर्मनीका नागरिकले एन्जेला मर्केल यति तलव खान लायक भएको मान्दै आएका छन् । युराेपियन युनियनका संस्थापकमध्ये सरकारमा भइरहेकी यी एक मात्रै महिला हुन् ।

१०. ज्याकोब जुमा, राष्ट्रपति–दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा अफ्रिकी महादेशमा सबैभन्दा बढी तलब खाने सरकार प्रमुख हुन् । उनी बार्षिक २ करोड ७४ लाख रुपैयाँ तलब लिन्छन् । उनी संसारका सरकार प्रमुखहरुको तलब मानको सूचीमा दशौ नम्बरमा छन् । जुमाको तलब दक्षिण अफ्रिकाका नागरिकको भन्दा २८ गुणाले बढी छ ।

११. जिर्जियो नपोलीतानो, राष्ट्रपति–इटालि
जर्जियो नपोलीतानो सन् २००७ यता इटालिका राष्ट्रपति छन् । उनको बार्षिक तलब २ करोड ७२ लाख रुपैयाँ छ । उनी सबैभन्दा बढी तलब भएका सरकार प्रमुखको सूचीको एघारौ स्थानमा छन् ।

१२. फ्रास्कोइस ओलण्ड, राष्ट्रपति–फ्रान्स
पहिलो र दोस्रो विश्वयुद्ध पहिलेको शक्तिशाली मुलुक हो फ्रान्स । त्यसबेला विश्वका अन्य मुलुकमाथी फ्रान्सको नियन्त्रण थियो । अहिले अरु मुलुक फ्रान्सको छाँयामा नभए पनि आफैमा शक्तिशाली मुलुक हो । फ्रान्सका राष्ट्रपति फ्रास्कोइस ओलण्डको बार्षिक तलव २ करोड ३२ लाख रुपैयाँ छ ।

१३. डेभिड क्यामरुन, प्रधानमन्त्री, बेलायत
अहिलेका शक्ति राष्ट्र मध्येमा पर्छ बेलायत । सन् २०१० यता डेभिड क्यामरुन बेलायतको प्रधानमन्त्री छन् । दुई महिना अघि मात्रै उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । उनको बार्षिक तलब २ करोड १७ लाख रुपैयाँ छ । उनले यो तलब संसादको तलबसँग जोडेर निकालिएको हो ।

१४. सिन्जो आवे, प्रधानमन्त्री–जापान
जापान क्रमशः विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने क्रममा छ । अहिले पनि ठूलो अर्थतन्त्र भएको मुलुक मध्येमा तेस्रो स्थानमा पर्छ जापान । तर, जापानका प्रधानमन्त्री सिन्जो आवे धेरै तलव थाप्ने सरकार प्रमुखको सूचीमा १४ औं स्थानमा छन् । उनले बार्षिक २ करोड २ लाख रुपैयाँ मात्रै तलब लिन्छन् । जुन जापानका नागरिकको औसत तलब भन्दा प्रधानमन्त्रीको तलब ८ गुणाले बढी छ ।

१५. साउली  निनिस्ता, राष्ट्रपति–फिनल्याण्ड
साउली निनिस्तो सन् २०१२ मार्चमा फिनल्याण्डको राष्ट्रपतिमा चुनिएका हुन् । उनको तलव बार्षिक १ करोड ९१ लाख रुपैयाँ छ । उनी सबैभन्दा बढी तलव थाप्ने सरकार प्रमुखको १५ औं स्थानमा परेका छन् ।

१६. ओलाफर रग्नार,  राष्ट्रपति– आइसल्याण्ड
 आइसल्याण्डका राष्ट्रपति ओलाफर रग्नार ग्रिमसनको बार्षिक तलव १ करोड ८९ रुपैयाँ छ । उनी सबैभन्दा बढि तलव लिने सूचीको १६ औं स्थानमा छन् ।

१७. पार्क गुन हे, राष्ट्रपति– दक्षिण कोरिया
दक्षिण कोरियाका राष्ट्रपति पार्क गुन हेको बार्षिक तलव १ करोड ८८ रुपैयाँ छ । उनको यो वर्ष १.७ प्रतिशत तलब बढेको हो । उनी सबैभन्दा तलब कमाउने सरकार प्रमुखको १७ औं नम्बरमा छिन् ।

१८. मा यीङ जेउ, राष्ट्रपति–ताइवान
ताइवानका राष्ट्रपतिमा यीङ जेउको बार्षिक तलव १ करोड ८५ लाख छ । चीनका राष्ट्रपति सि जीङपीङले उनको तलवको तुलनामा २० प्रतिशत मात्र बार्षिक रुपमा पाउँछन् ।

१९. मार्क रुट, प्रधानमन्त्री– नेदरल्याण्डस्
नेदरल्याण्डस्का प्रधानमन्त्री मार्क रुटको बार्षिक तलव १ करोड ७१ लाख रुपैयाँ छ । २०१० अक्टोबरमा प्रधानमन्त्री चुनिएका मार्क सबैभन्दा बढी तलब पाउने सरकार प्रमुखको १९ औं नम्बरमा छन् ।

२०. उहुरु केन्यात्ता, राष्ट्रपति– केन्या 
सबैभन्दा बढी तलब भएका संसारका सरकार प्रमुखको २० औं नम्बरमा केन्याका राष्ट्रपति उहुरु केन्यात्ता छन् । उनको बार्षिक तलव १ करोड ३३ लाख रुपैयाँ छ । जुन केन्याका नागरिकको औसत तलब भन्दा २४० गुणा बढी हो । राष्ट्रपति उहुरुले अघिल्ला राष्ट्रपति राइला ओडीग्नाको भन्दा २० प्रतिशत तलब घटाएका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण