गृहपृष्ठ » मुख्य समाचार, समचारहर्षोल्लासका साथ मुहर्रम पर्व मनाउदै, सदभावको पर्व बन्दै मुहर्रम ।।

हर्षोल्लासका साथ मुहर्रम पर्व मनाउदै, सदभावको पर्व बन्दै मुहर्रम ।।

October 24, 2015१५६ पटक

७ कार्तिक,कपिलवस्तु
मुस्लीमहरुको तेस्रो प्रमुख चाडका रुपमा मानिने मुहर्रम पर्व कपिलवस्तुमा पनि आज मनाउँदैछन् । एक आपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लीमहरुले हर्षोल्लासका साथ मुहर्रम मनाउदैछन् । मुस्लीमहरुको मात्र मनाउने मुहर्रम हिन्दुहरुले समेत मनाउन थालेपछि यो पर्वलाई धार्मिक सद्भावका रुपमा पनि हेर्न थालिएको छ । केही वर्ष यता यो पर्व हिन्दूहरुले पनि मनाउने गरेका छन् । मुस्लीम धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरुप मनाइने पर्वमा उहाँको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ । यस अवसरमा मुस्लीमहरुले बिशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति तथा दलहरुबीचको एकता कायम रहोस् भन्ने कामनासमेत गरेका थिए । तराईका हिन्दु मधेसी, थारुहरुले समेत यो पर्व धुमधामले मनाउन थाले पछि यसल्े छुट्टै रौनकता थपेको छ । भाकल गरी तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संबृद्धी तथा मनोकामना पुरा हुनुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ । इस्लामिक नया“ बर्È हिजरी संवत् शुरु भएपछि एकदेखि १० तारेखसम्म मनाइने गरिन्छ । अहिले हिजरी संवत् १४३७ शुरु भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण