नाइजेरियामा बम विस्फोट, ४२ को मृत्यु
काठमाण्डु, ७ कात्तिक– नाइजेरियामा भएका दुई वटा छुट्टा–छुट्टै बम विष्फोटमा कम्तीमा ४२ जनाको मृत्यू भएको छ ।
सय जना भन्दा धेरै घाईते भएका छन् । शुक्रबार राति योला क्षेत्रको एउटा नवनिर्मित मस्जिदमा विष्फोट हुँदा २७ जना र त्यसअघि मैडी गुरी क्षेत्रमा भएको विष्फोटमा अरु १५ जनाको मृत्यु भएको हो ।
१५ जनाको ज्यान जाने गरी भएको विष्फोट भने आत्मघाती रहेको बीबीसीले जनाएको छ । आक्रमा कसले गरेको हो भन्ने स्पष्ट भएको छैन, तर त्यस क्षेत्रमा इस्लामिक विद्रोही संगठन बोको हरामले त्यस्ता विष्फोट गराउँदै आएको छ ।