गृहपृष्ठ » मुख्य समाचार, समचारप्रधानमन्त्रीको निर्देशनमा इन्धन दिन माग गर्दै परराष्ट्रले लेख्यो चीनलाई पत्र

प्रधानमन्त्रीको निर्देशनमा इन्धन दिन माग गर्दै परराष्ट्रले लेख्यो चीनलाई पत्र

October 24, 2015१४६ पटक

काठमाण्डु, ७ कात्तिक– भारतीय नाकाबन्दीले जनजीवन असामान्य बन्दै गएका बेला नेपालले उत्तर छिमेकी चीनलाई इन्धन उपलब्ध गराइदिन औपचारिक आग्रह गरेको छ ।

त्यसबारे सरकारले शुक्रबार राति चिनियाँ परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो । स्रोतका अनुसार बाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहमा परराष्ट्र मन्त्रालयले चीनको सरकारी स्वामित्वमा रहेको चाइना नेशनल पेट्रोलियम कर्पोरेशन ‘सिएनओओसी’ मार्फत नेपालमा इन्धन आपूर्तिको व्यवस्था मिलाइदिन आग्रहसहितको पत्र लेखेको हो ।

chinese oil corporation

पत्रमा ‘नेपाल गम्भीर प्रकारको संकटमा रहेका बेला असल छिमेकीका नाताले नेपालका लागि आवश्यक पर्ने परिमाणमा डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यास उपलब्ध गराइदिन नेपाल सरकार आग्रह गर्दछ’ भनिएको छ ।
पत्राचार गर्नुअघि शुक्रबार अपराह्न एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, चीनका लागि नेपाली राजदूत महेश मास्के तथा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइबीच छलफल भएको थियो ।

छलफलमा चिनियाँ राजदूत चुन्ताईले सकारात्मक जवाफ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्री पुनसहित सम्वद्ध मन्त्रालयका अधिकारीलाई बालुवाटार बोलाएर इन्धन दिन आग्रह गर्दै चीनलाई तत्काल पत्र लेख्न निर्देशन दिएका थिए ।
नेपालस्थित चिनियाँ दूतावासले चीन सरकार नेपाललाई इन्धन दिन इच्छुक रहेको भन्दै त्यसका लागि सरकारी स्तरमा औपचारिक सम्झौता प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग लविङ नै गरेको थियो ।

तर भारतीय नाकाबन्दी खुल्ने आशमा सरकारले अहिलेसम्म त्यसबारे प्रक्रिया नबढाउँदा चिनियँ प्रस्ताव अलपत्र परेको थियो । नेपाल आयल निगमले यसअघि १५ दिनका लागि आवश्यक पेट्रोलियम पदार्थ आपूर्तिका लागि बोलपत्र आह्वान गरेकामा चिनियाँ कम्पनीले पनि तेल दिने इच्छा व्यक्त गरेको थियो ।
नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले एक महिनायता गर्दै आएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकार भएको छ । इन्धन अभावमा दसैंका बेलासमेत सर्वसाधारणले यात्रा गर्न र खाना पकाउन कठिनाई भोग्नुपरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण