गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचारमलाकामा १४ नेपाली कामदार पक्राउ, अवैधरुपमा काम गरिरहेको आरोप

मलाकामा १४ नेपाली कामदार पक्राउ, अवैधरुपमा काम गरिरहेको आरोप

October 25, 2015४२८ पटक

Malacca८ कात्तिक, काठमाडौं । मलेसियाको मलाकामा १४ नेपाली पक्राउ परेका छन् । अध्यागमन विभागले शनिबार बुक्ति राम्बाइ क्षेत्रमा अवस्थित तीन कारखानाबाट १४ नेपाली सहित एक सय ३९ अवैध कामदारहरु पक्राउ गरेको बर्नामा समाचार सेवाले जनाएको छ ।

विभागका वरिष्ठ उप निर्देशक मोहमद लम्सा ओथमनका अनुसार पक्राउ पर्नेहरुमा एक सय २० बंगलादेशी, चार म्यान्मारका नागरिक, एक एण्डोनेशियाली छन् । तिनीहरु २० देखि ४५ वर्षको उमेर समूहका छन् ।

दुइ जनासँग भिसासहित यात्राका लागि चाहिने वैध कागजातहरु थिएनन् भने अन्य कामदारहरुले सीमा अनुमतिपत्रमा उल्लिखित शर्तहरुको पालना नगरेको ओथमनले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण