महोत्तरीमा पनि हजारौ लिटर डिजल,पेट्रोल जलाएर नष्ट ।।
संयुक्त लोकतान्त्रिक मधेशी मार्चाका कार्यकर्ताहरुले महोत्तरीमा पनि हजारौ लिटर डिजल,पेट्रोल जलाएर नष्ट गरेका छन । रातीको समयमा परोसी देश भारतबाट तस्करी गरी मोटर साईकल तथा साईकलमा लोड गरी लाउदै गरेको अबस्थामा आन्दोलनकारीले नियन्त्रणमा लिई नष्ट गरेको छ । महोत्तरीको रामगोपालपुर,सुन्दरपुर,सोनमा लगाएत अधिकाशं ठाउँमा हजारौ लिटर डिजल,पेट्रोल जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ ।