गृहपृष्ठ » मुख्य समाचार, समचारडडेल्धुराको बगरकोटमा बरामद अवैध मदिरा नष्ट ।।

डडेल्धुराको बगरकोटमा बरामद अवैध मदिरा नष्ट ।।

October 25, 2015२०१ पटक

डडेल्धुरा-
डडेल्धुराको बगरकोट गाविस ७ स्थीत बगरकोट बजारमा बरामद अबैद्य मदिरा नष्ट गरिएको छ । सदरमुकामबाट देवलदिब्यपुर लैजान लागिएको जीप गाडीबाट ब्यापारी तपेन्द्र खड्काको लगभग ७० हजार बढीको अबैद्य मदिरा नष्ट गरिएको प्रहरी चौकी बगरकोटका प्रहरी सहायक निरिक्षक जनक बहादुर कार्कीले जानकारी दिनुभएको छ । मदिरा नियन्त्रण समिति बगरकोट र प्रहरी चौकी बगरकोटको सयुंक्त पहलमा ७ पेटी भर्जिन र १४ पेटी ह्वाइट डाइमन्ड नामक मदिरा नष्ट गरिएको प्रहरी चौकी बगरकोटले जनाएको छ । ब्यापारी खड्कालाई मदिरा ओसार पोसार अन्र्तगत मदिरा नियन्त्रण समितिले तोकेका ५ हजार जरिवाना तिराएर छोडेको छ । डडेल्धुराका गाबिसहरुमा मदिरा ओसार पोसार तथा बिक्रि बितरण गर्न प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित गाबिसमा अबैध रुपमा मदिरा बिक्रि बितरण रोकिएको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण