कपिलस्तुमा आज वृहत सराय“ जात्रा निकालिने ।।
कपिलवस्तु
हिन्दूहरुको महान पर्व विजयादशमीको त्रयोदशीका अवसर पारेर आज कपिलवस्तुको चन्द्रौटामा वृहत सराय“ जात्रा निकाली फूलपाती विसर्जन गरिने भएको छ । परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न र भाइचाराको सम्बन्ध विस्तार गर्न आज विहान १० बजे सरायँ जात्रा निकालिने भएको हो । विगत २०६४ भाद्र ३० को कपिलवस्तु घटना पश्चात दशैंको त्रयोदशीको दिन घटनालाई विर्साउन पहिलो पटक निकालिएको सरायँ जात्रालाई यस वर्ष पनि निरन्तरता दिइने मन्दिर व्यवस्थापन समिति अध्यक्ष केशब पाण्डेयले जानकारी दिनुभयो । यसमा पञ्चेबाजा सहित चन्द्रौटा स्थित दूर्गाभवानीको मन्दिरबाट वृहत सराय“जात्राको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष पाण्डेयले बताउनुभयो ।