गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसरकार र संयुक्त लोकतानित्रक मधेसी मोर्चा बीच आज वार्ता हुँदै ।।

सरकार र संयुक्त लोकतानित्रक मधेसी मोर्चा बीच आज वार्ता हुँदै ।।

October 25, 2015२९४ पटक

सरकार र संयुक्त लोकतानित्रक मधेसी मोर्चा बीच आज वार्ता हुँदैछ । परराष्ट्र मन्त्रालयमा दिउँसो एक बजे हुने वार्तामा मधेसी मोर्चाको उचित माग सम्बोधन गर्न तयारीका साथ दुवै पक्ष सहभागी हुँदैछन् । सरकारी वार्ता टोलीले मोर्चाको माग सम्बोधनमा लागी विशेष लचकता र सुझबुझ पूर्ण तरिकाले वार्तामा प्रस्तुत हुने जनाएको छ । मोर्चाले आजको वार्ताका लागी आफुहरुको माग पूरा गर्न सरकार पूर्व तयारीका साथ प्रस्तुत हुनुपर्ने बताउँदै आएको छ । झापा, मोरङ, कैलाली कञ्चनपुरलाई मिसाएर छुट्टै मधेस थरुहट प्रदेश बनाउनुपर्ने, समाबेशि समानुपातिक सिद्धान्त लागू हुनुपर्ने, जनसङख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने लगाएत माग राख्दै मधेसी दलले तराईम आन्दोलन शुरु गरेको २ महिना बितिसकेको छ । आजको वार्ता निर्णायक हुने दुवै पक्षले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण