गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकाँग्रेस एमालेले राष्ट्रपति र उपराष्ट्रपति दुवैमा उम्मेदवारी दिने ।।

काँग्रेस एमालेले राष्ट्रपति र उपराष्ट्रपति दुवैमा उम्मेदवारी दिने ।।

October 25, 2015३१५ पटक

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमूख प्रतिपक्ष बनेको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस दुवैले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा आआफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिने तयारी गरेका छन् । दुवै पार्टीले बैठकबाटै यस्तो निर्णय गरेका हुन् । सहमतिका आधारमा राष्ट्रपति चयन गरिने भनिए पनि दुवै पार्टीको पछिल्ला निर्णयले मतदान प्रक्रियामा उन्मूख रहेको देखिएको छ । नेकपा एमालेको शनिबार राती बसेको बैठकले पार्टीको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । यसअघि काँग्रेसले पनि कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिमा पार्टीको तर्फबाट उमेद्वारी दिने निर्णय गरिसेकेको छ । तर दुवै पार्टीले अहिले सम्म उम्मेदवार भने तय गरिसकेका छैनन् । कांग्रेसभित्र विभिन्न नेताहरुको नाम चर्चामा रहेपनि पछिल्लो पटक राष्ट्रपतिको उमेद्वार मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीलाई बनाउनुपर्ने विषयमा समेत छलफल भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण