गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यधादिङमा अझै त्रिपालमा बस्दै ।।

धादिङमा अझै त्रिपालमा बस्दै ।।

August 7, 2015४८३ पटक

धादिङमा अझै त्रिपालमा बस्दै ।। धादिङ् २२ साउन ।। धादिङको उत्तरी क्षेत्रमा रहेको सेर्तुङ गाविसमा भूकम्पले घरमा क्षति पु¥याए पछि गाँउलेहरु अहिले पनि त्रिपालमा बसिरहेका छन् । एक हजार १ सय ८९ घरधुरी रहेको गाविसमा विभिन्न संस्थाले दिएको राहत तथा खाद्य सामग्रीको भरमा जिवनयापन गरिरहेका छन् । सेर्तुङवासीले वर्षायामपछि घर बनाउने सोच बनाए पनि सरकारको सहयोगबिना घर निर्माण गर्न नसकिने बताएका छन् । विभिन्न संस्थाले सहयोग गरेको राहत तथा खाद्य सामग्रीले तत्काल खान बस्न समस्या नभए पनि स्थायी घर कहिले र कसरी बनाउने भन्ने चिन्ता रहेको पिडितहरुको गुनासो रहेको छ । सरकारले उपलब्ध गराएको पहिलो चरणको सात हजार र त्यसपछिको १५ हजार खर्च भइसकेको उनिहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण