डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने
८ कात्तिक, काठमाडौं ।
बिश्वचर्चित बेलायती फुटबल खेलाडी डेभिड बेकह्याम फुटवल खेल्न हप्तादिन लामो फुटबल खेलको क्रममा नेपाल आउने भएका छन् ।
ब्यबसायिक फुटबलबाट सन्यास लिइसकेका चर्चित फुटबलर बेकह्याम नेपाल आउने भएपनि उनि दुई बर्षपछि मात्र नेपाल आउने तय भएको छ ।
बेलायतबाट प्रकाशित सण्डे टाइम्सले जनाएअनुसार बेकह्याम सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने तयारीमा छन् । जसमा नेपाल पनि परेको छ ।
बेकह्यामले नेपालसहित पपुवान्यूगिनी, ब्युनस आयर्स, जिबुटी, मायामी र अन्टार्टिकामा फुटबल खेल्ने बताइएको छ ।
अन्तिम खेल म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान बेलायतको ओल्ड टफोर्डमा खेल्ने भएका बेकह्यामले यहि मैदानमा ११ बर्षसम्म ब्यबसायिक फुटबल खेलेका थिए ।
चलचित्रकर्मीहरुको समूह सहित सात महादेशमा फुटवल खेल्न निक्लन लागेका डेभिड बेकह्यामसँगको टोलिले बीबीसी बिश्वसेवा र बीबीसी १ का लागि झण्डै ९० मिनेट लामो बृत्तचित्र तयार गर्ने समाचारमा उल्लेख गरिएको छ ।
‘बेकह्यामको यात्रा सुरु र नेपालमा आउने मिति प्रष्ट नखुलाइएपनि पत्रिकाले नेपाल पनि आउने बताएको छ । यस बारेमा अखिल नेपाल फुटबल संघ एन्फाले भने कुनै जानकारी नपाएको बताएको छ ।
सात महादेशको यात्राको बारेमा बेकह्यामले भनेका छन् मैले खेलकुदको, खासगरि फुटवलले मानिसको जीवनमा परिवर्तनकारी असर पारेको देखेको छु, यो महायात्राले मलाई यो खेलेको सकारात्मक पक्षको प्रर्दशन गर्ने अबसर दिने छ ।’