गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपालीलाई दुःख दिने आन्दोलन स्थगित गरी वार्ताबाट समाधान खोजौं : सीपी मैनाली

नेपालीलाई दुःख दिने आन्दोलन स्थगित गरी वार्ताबाट समाधान खोजौं : सीपी मैनाली

October 25, 2015२४० पटक

७ कात्तिक, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले नेपालीलाई दुःख दिने आन्दोलन स्थगित गरेर वार्ताका माध्यमबाट समस्याको समाधान गर्न तराईमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।

शनिबार संसद बैठकमा बोल्दै मैनालीले नेपालीले सबैलाई भलो गर्ने र कसैलाई कुभलो नगर्ने संविधान चाहेका भन्दै नयाँ संविधानमा धेरै राम्रा कुरा छन् । र केही संशोधन गर्न बाँकी भएकाले छलफलबाट संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संविधान जारी भएपछि नेपालीले के चाहेको रहेछ भन्ने कुरा प्रष्ट भएको भन्दै उनले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताए ।

नेपालमा संविधान जारी हुँदा भारतले जुन किसिमको भूमिका देखाएको छ । यसबाट सबै नेपालीले पाठ सिक्नु पर्ने भन्दै मैनालीले नेपाल अहिले भूपरिबेष्टित देशको अधिकार पनि प्राप्त गर्न नसक्ने अवस्थामा रहेको बताए ।

काठमाडौंमा नुनतेल बन्द गर्छु भन्नेहरु अहिले नेपालमै नुनतेल बन्द गर्दा आफूहरु सच्चिनुपर्ने भन्दै उनले तराईमा आफ्ना माग राख्दै आन्दोलन गर्ने दलहरुले पनि नेपाली जनतालाई दुःख नदिने वातावरण बनाउन आग्रह गरे ।

उनले नव नियुक्त सभामुख र उपसभामुलाई सफल कार्यकालको कामना गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण