मधेशी मोर्चाको उग्र प्रदर्शनका कारण सिरहामा फेरि कफर्यु
८ कार्तिक, लहान् ।
दुई महिनादेखी आन्दोलनको नाममा जनतालाई दुख दिएर मेधशी मोर्चाले जारी गरेको बन्द हड्ताल दशैं लगत्तै उग्र बनेपछि प्रशासनले सिरहामा फेरी कर्फ्यु जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले शनिबार राति ९ बजेदेखि लागू हुनेगरी जिल्लाको पूर्व–पश्चिम सडकको दायाँबायाँ ५०० मिटर क्षेत्रमा फेरि निषेधाज्ञा लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयले शनिवार साँझ सार्वजनिक सूचना जारी गर्दै चाडपर्वलाई मध्यनजर गर्दै कात्तिक २ गतेदेखि हटाएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि पुनः लगाइएको जनाएको छ ।
सूचनामा राति ९ बजेदेखि बिहान ७ बजे सम्म लगाइएको निषेधाज्ञाको अवधिमा निषेधित क्षेत्रमा सभा, जुलुस, धर्नालगायत कुनै किसिमको अवरोधको कार्यक्रम गर्न नपाइने जनाइएको छ ।
दसैँपर्व सुरु भएलगत्तै केही मत्थर भएपछि स्थानीय प्रशासनले भदौ २३ गतेदेखि लगाएको निषेधाज्ञा कात्तिक २ गते हटाएको थियो ।
मोर्चाले फेरि शुक्रबारदेखि सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकामलगायतका ठाउँमा बजार पसल बन्द गराउनुका साथै शनिबारदेखि मोटरसाइकलसमेत चल्न रोक लगाउँदै उग्र प्रदर्शन गर्न थालेपछि हिंसात्मक बन्न नदिन स्थानीय प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्मका लागि फेरि निषेधाज्ञा लगाएको जनाएको छ ।