गृहपृष्ठ » मुख्य समाचार, समचारहत्या पछि फरार अभियुक्त २ वर्ष पछि पक्राउ

हत्या पछि फरार अभियुक्त २ वर्ष पछि पक्राउ

October 25, 2015१५० पटक

पाल्पा, कात्तिक ८ । दुई वर्षदेखि फरार एक युवक दसैँ मान्न घर आएका बेला आज पक्राउ परेका छन् । ठिमुरे गाविस–५ पोरक्नेका कृष्णबहादुर ठडराईलाई प्रहरीले पक्राउ गरेको हो । छिमेकी मायावती ठहराईको हत्यामा संलग्नलाई सहयोग गरेको भनी जिल्ला अदालत पाल्पाले उनलाई पाँच महिना ५ दिन कारागार सजाय तोकेको थियो । मायावतीको २०७० साल जेठ २२ गते हत्या भएको थियो । अभियुक्त ठडराईलाई इलाका प्रहरी कार्यालय मुझुङले आज बिहान घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण