गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकांग्रेसको चियापान कार्यक्रम सोमबार

कांग्रेसको चियापान कार्यक्रम सोमबार

October 25, 2015१९२ पटक

काठमाडौं- विजयादशमीका अवसरमा नेपाली कांग्रेसले सोमबार अपराह्न १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ।

मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि नेपाली कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।

वर्तमान सन्दर्भमा पनि बिपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति अझ सामयिक भएको बताउँदै कांग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले लोकतन्त्र र राष्ट्रियतालाई झन् मजबुत तुल्याउन चियापा कार्यक्रम आयोजना गरिएको स्पष्ट गरे।

मेलमिलाप, मैत्री र पारस्परिक स्नेहका साथ एकताबद्ध नेपालमा राष्ट्रिय मेलमिलापको नीति समस्त नेपालीलाई मान्य भएको मुख्यसचिव तिवारीले बताए। राजनीतिक दल, पेसाकर्मी, बुद्धिजीवी तथा समाजका सबै वर्गलाई पार्टीका तर्फबाट उनले चियापान कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेका छन्। रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण