गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेताहरु आज बिट मार्ने भन्छन् काठमाण्डौ

नेताहरु आज बिट मार्ने भन्छन् काठमाण्डौ

August 7, 2015४१७ पटक

२२ साउन ।।

संविधानमा सङ्घीयताको सीमाङ्कनलगायत विषयमा टुङ्गो लगाउन प्रमुख दलका नेताहरुले आज पनि प्रयास गर्ने भएका छन् । केही दिन देखि सीमाङकनका विषयमा टुङगो लाग्नै लागेको बताउदै आएका नेताहरुले आज पनि सहमतिमा पुगीने बताएका छन् । अहिले जारी विषेश समितिको बैठकले सिमाङकन सहितका सवै विषय टुङगो लगाएर आजै संवाद समितिमा पेश गर्ने संवाद समितिका सभापति डा. वावुराम भट्टराईले जानकारीदिनुभयो । यस्तै अहिले केहिबेरमा संवाद समितिको बैठक बस्दै छ । यसअघि हिजो साँझ बसेको प्रमुख दलका शिर्ष नेता सम्मिलित विशेष समितिको बैठक केही महत्वपूर्ण विषयमा ‘बिट मार्न बाँकी’ रहेको निचोडका साथ आज सम्मका लागि स्थगित गरिएको थियो । उहाँले सङ्घीयतामा अलिकति बिट मार्न बाँकी रहेको र त्यही विषयमा जोडिएका शासकीय स्वरुप, नागरिकता, भाषा, धर्म निरपेक्षता, दलित हक, सङ्क्रमणकालीन व्यवस्था, राजनीतिक दल, प्रस्तावनाका केही विषयमा सहमति जुट्न बाँकी रहेको बताउनुभयो । सभापति भट्टराईका अनुसार प्रस्तावना, नागरिकता, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, राष्ट्रपति÷उपराष्ट्रपतिसम्बन्धी व्यवस्था, सङ्घीय कार्यपालिका, विभिन्न संवैधानिक आयोग, सङ्घीय लोकसेवा आयोग, परिभाषा, व्याख्या, राष्ट्रिय झन्डा, संविधान संशोधन र विविधमा धेरै विषय टुङ्गो लागिसकेका छन् । आजको विषेश समितिको बैठकले विट मार्न वाकी सवै विषयलाई टुङग्याउने नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण