गृहपृष्ठ » मुख्य समाचार, समचारराष्ट्रपती उम्मेदवार छान्न बालुवाटारमा एमाले बैठक

राष्ट्रपती उम्मेदवार छान्न बालुवाटारमा एमाले बैठक

October 26, 2015१८४ पटक

काठमाडाैं- राष्ट्रपति उम्मेदवार चयन गर्न एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भइरहेको बैठकले ११ गते हुने राष्ट्रपति चुनाबका लागि पार्टीको तर्फबाट उम्मेदवार तय गर्नेछ।

एमालेबाट राष्ट्रपति उम्मेदवारमा उपाध्यक्ष विद्या भण्डारीको नाम चर्चामा छ। लामो राजनीतिक यात्रा तथा महिलाको प्रतिनिधित्वलाई ध्यानमा राख्दै उनको उम्मेदवारी चयन हुनसक्ने एक नेताले बताए।

पूर्व सभामुख सुवाषचन्द्र नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउनु पर्छ भन्ने लाइन पनि पार्टीमा देखिँदै आएको छ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको छ। सहमतीय उम्मेदवारको रुपमा उसले वर्तमान राष्ट्रपति रामवरण यादबलाई अघि सारेको थियो। चुनाबमा जाने स्थितिमा को उम्मेदवार बनाउने भनेर कांग्रेसले निर्णय गरिसकेको छैन।

११ गते ११ बजे संविधानअनुसार राष्ट्रपति तथा उपराष्ट्रपति पदका लागि संसदमा गोप्य मतदान हुनेछ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण