पेट्रोल तस्करी भएको भन्दै मोटरसाईलमा कडाई
९ कात्तिक, वीरगञ्ज । मधेसी मोर्चाले तराई मधेसमा गरेको नाकाबन्दीको उलघंन गरी मोटरसाइकलमा पेट्रोल नाकाबाट ल्याउने गरेकोमा आन्दोलनकारीले रोक लगाएका छन् ।
मधेसी मोर्चाले ३३ दिन देखि गर्दै आएको नाकाबन्दीका कारण वीरगञ्ज लगायत आसपासका क्षेत्रमा पेट्रोलियम प्रदार्थको अभाव भएपछि मोटरसाइकल चालकहरुले भारतबाट पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा आन्दोलनकारीले मोटरसाइकलको तेल ट्यांकी समेत खोजतलास गर्ने काम सुरु गरेका छन् ।
नाकाबन्दी जारी रहेको अवस्थामा व्यापारीहरुले मोटरसाइकलको ट्यांकी भरी तेल पाइएमा सो तेल नष्ट गरी दिने वा मोटरसाइकल नियन्त्रणमा लिएर त्यसलाई तोडफोड तथा जलाउने काम भईरहेको छ । संघीय समावेसी मधेसी मोर्चा तथा राष्ट्रिय मधेस समावादी पार्टीका केन्दि्रय सदस्य राजेशमान सिंहले नेपालमा नाकाबन्दी चलिरहेको अवस्थामा केही व्यक्तिले मोटरसाइकलमा तेल हालेर पहाडी राजधानीसम्म पुर्याउने गरेको कारण मधेसी कार्यकर्ताहरुले मोटरसाइकलमाथी निगरानी कडा पारिएको बताए । आफ्नै प्रयोगका लागि भन्दै फुल ट्याकी लिएर जाँदै गरेको पेट्रोल नियन्त्रणमा लिएर नष्ट पार्ने काम गरेको बताउँदै उनले मोटरसाइकलमा व्यापार गर्नेहरुले नाकाबन्दी कमजोर पार्ने षड्यन्त्र भएको बताए ।
‘बन्दमा मोटरसाईकललाई छुट दिइरहे पनि त्यसको गलत फाइदा उठाउन थालेपछि मधेसी मोर्चाले सोमबारबाट मोटरसाईकलमा कालो झण्डा बांधेर मात्र चलाउन अहृवान गरेका छन् । दसैं सकेपछि मधेस आन्दोलनलाई कडा पार्दै कात्तिक ६ गतेदेखि मोटरसाइकलमाथि आन्दोलनकारीले निगरानी बढाएपछि दिनहु दर्जनौ मोटरसाईकलबाट तेल झारेर नष्ट पार्ने काम भईरहेको छ ।