गृहपृष्ठ » मुख्य समाचार, समचारविद्युत सर्ट भएर आगलागि हुँदा दुई घर जलेर नष्ट

विद्युत सर्ट भएर आगलागि हुँदा दुई घर जलेर नष्ट

October 26, 2015१५० पटक

९ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङको खेवाङस्थित साँगादिन बजारमा विद्युत सर्ट भई दुई घरमा आगलागि हुँदा तीस लाख बराबरको क्षति भएको छ । खेवाङ ४ निवासी भिम दहालको दुई घरमा सोमबार बिहान करिव ९ बजे आगलागि भएको हो ।
आगलागिबाट घरमा भएको पसलका सामान, गरगहना, नगद, र अन्य घरायसी सरसामान गरी करिब तीस लाख मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।
आगलागिबाट दुईवटा घर जलेर पुर्णरुपमा नष्ट भएका छन् । घरमा साना बालबच्चा मात्रै भएको समयमा बिद्युत सर्ट भई आगलागि भएको खेवाङ प्रहरी चौकीले जनाएको छ ।
आगो स्थानीयवासीले करिब एक घण्टा पछि मात्रै नियन्त्रणमा लिएका थिए । घरमा रहेको अलैँची लगायतका केही सामान चाडै निकालिएकाले थप ठुलो क्षति हुन नपाएको बताईएको छ ।
आगलागि पछि दहालको परिवार अहिले नजिकै आफन्तको शरण लिएर बसेका छन् । गाँउगाँउमा बिजुली बत्तीको सुबिधा पुगे पनि कतिपय ठाँउमा व्यवस्थित जडान नहुँदा साथै जनचेतनाकै अभावले गर्दा यस प्रकारका घटना निम्तने गरेको स्थानीयबासीको भनाई छ । onlinekhabar

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण