गृहपृष्ठ » मुख्य समाचार, शिक्षानवलपरासीमा गएको आर्थिक बर्षमा ३८ हजार ७ सय ५६ जना साक्षर ।।

नवलपरासीमा गएको आर्थिक बर्षमा ३८ हजार ७ सय ५६ जना साक्षर ।।

August 7, 2015३२७ पटक

२२ साउन, नवलपरासी नवलपरासीमा गएको आर्थिक बर्षमा कुल ३८ हजार ७ सय ५६ जना साक्षर भएका छन । ४० हजार ५ सय ७३ जना कुल निरक्षर सख्या रहेको यस जिल्लामा पुर्ण साक्षर जिल्ला घोषणा भईसक्दा ३८ हजार ७ सय ५६ जना साक्षर भएका हुन । साक्षरता कार्यक्रममा सहभागी हुनेमा ७ हजार ४ सय ३४ दलित, १८ हजार ७ सय ९ आदिवासी जनजाती, १२ हजार ६ सय अन्य रहेका छन । साक्षरताका लागी कुल १ हजार ९ सय १८ जना सहजकर्ता परिचालन गरिएको थियो । सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालका अनुसार बाँकी रहेका ११ हजारको हाराहारीका निरक्षरहरुलाई साक्षर बनाउन कठिन छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण