गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचारसाढे १ करोडभन्दा बढि राजस्व रकम संकलन ।।

साढे १ करोडभन्दा बढि राजस्व रकम संकलन ।।

August 7, 2015५५१ पटक

२२ साउन, रामेछाप
रामेछाप जिल्ला मालपोत कार्यालयमा आर्थिक बर्ष २०७१÷७२ मा १ करोड ५४ लाख १ हजार ५ सय ६७ राजस्व रकम संकलन भएको छ । रजिष्टेशन शुल्क १ करोड ३० लाख १२ हजार ७ सय ८२ , सेवा शुल्क १५ लाख २९ हजार ९ सय २०, रोक्का दस्तुर ४ लाख २२ हजार ५५ रुपैँया राजश्वको रुपमा संकलन गरिएको छ । न्यायीक दस्तुर ३ लाख ४४ हजार ३ सय ७०, पुर्जा तथा फारम दस्तुर १ लाख १२ हजार ४ सय ४० लगायत अन्य शीर्षकको राजश्व सहित कार्यलयमा राजश्व संकलन भएको मालपोत कार्यालय रामेछापका सूचना अधिकारी उद्धव प्रसाद सुवेदीले जानकारी दिनुभयो । सरकारले महिला, दलित तथा जनजाति, अपाङ्गलाइ जग्गाको रजिष्टेशन शुल्कमा विशेष छुटको नीति ल्याए सँगै रामेछाप जिल्लामा महिलाको नाममा लालपुर्जा बनाइ जग्गा पास गर्नेको संख्या समेत बृद्धि हुदै गएको पाइएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा नगरपालिकाभित्रको जग्गा भए २५ प्रतिशत र गाबिसभित्रको भए ३० प्रतिशत राजश्व शुल्क छुटको व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण