गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, समचार, स्वास्थ्यकृषक एक खेती अनेक

कृषक एक खेती अनेक

October 27, 2015४९५ पटक

१० कात्तिक, सिन्धुली । रतनचुरा ५ सिन्धुलीका कृषक चुडाराज शर्मा स्थानीयस्तरमा परिचित नाम हो । शर्मा जिल्ला भर सफल कृषकका रुपमा चिनिन्छन् । जिल्लाका पुराना जुनार कृषकका रुपमा चिनिने उनी अहिले आधुनिक कृषकका रुपमा सबैसामु परिचित छन् ।

२-४ बोट जुनारको विरुवाबाट सुरु भउको उनको कृषकयात्रा अहिले सुरु भएको उनको कृषकयात्रा अहिले व्यावसायिक जुनार-सुन्तलाखेतीदेखि नर्सरी र तरकारीखेतीसम्म पुगेको कारोबार दैनिकमा खबर छ ।

अहिले शर्माले १२ कठ्ठा जग्गामा जुनारखेती गरेका छन् । जुनारबाट मात्रै वाषिर्क लाखभन्दा बढी आम्दानी हुने उनको भनाई छ । नर्सरी उत्पादनका लागि कटिङ गर्नुपर्ने भएकाले जुनार उत्पादन अलि कम हुने उनी बताउँछन् ।

जुनारको विरुवा बिक्रीबाट उनले वाषिर्क २० लाख रुपैयाँ आम्दानी गर्नें गरेका छन् भने तरकारीबाट तीन महिनामै डेढ लाख रुपैयाँ कमाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण