गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारचीनसँग पेट्रोलियम खरिदसम्बन्धी प्रक्रिया यसरी पूरा हुँदैछ

चीनसँग पेट्रोलियम खरिदसम्बन्धी प्रक्रिया यसरी पूरा हुँदैछ

October 27, 2015३६० पटक

काठमाण्डु, १० कात्तिक–भारतले अघोषित नाकाबन्दी गरेपछि इन्धन आपूर्तिका लागि सरकारले चीनसँग औपचारिक रुपमै सम्झौता प्रक्रिया अघि बढाएको छ । चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा वाणिज्य तथा आपूर्ति, परराष्ट्र र अर्थमन्त्रालयका प्रतिनिधि तथा आयल निगमका अधिकारीसहित ८ सदस्यस्यी टोली सोमबार चीन प्रस्थान गरेको छ ।

130627103148-global-500-china-national-petroleum

उक्त टोली थाई एअरवेजको जहाजबाट थाइल्याण्ड हुँदै बेइजिङ पुग्नेछन् । टोलीले चाइन नेसनल पेट्रोलियम कर्पोरेसनसँग वार्ता गर्ने कार्यक्रम छ । त्यस क्रमममा टोलीले चीनबाट पेट्रोलियम पदार्थको दीर्घकालीन आपूर्तिका लागि सम्झौतासमेत गर्ने वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले बताए ।

‘नेपाली टोलीलाई दीर्घकालीन रुपमा समस्या समाधान गर्नका लागि अधिकार दिएका छौं ’मन्त्री पुनले भने ‘टोलीले सोहीअनुसार वार्ता गर्छ ।’

व्यापारिक प्रयोजनका लागि कति प्रतिशत आयात गर्ने भन्ने बारे टुंगा लागी नसककेको उनले बताए । मन्त्री पुनका अनुसार टोलीले व्यापारिक रुपमा आयात गर्न इन्धनको मूल्य, प्राविधिक विषयमा पनि छलफल हुनेछ । त्यस्तै एउटा छुट्टै टोली गठनभई सबै प्रक्रिया सहितको अन्तिम प्रतिवेदन तयारी पारी मन्त्रिपरिषदमा पेस हुने । मन्त्रिपरिषद्को स्वीकृति पछि व्यापारिक रुपमा इन्धन आयात हुनेछ ।
–कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण