यी हुन् युट्युबमा सबैभन्दा धेरै कमाइ गर्ने टपटेन युट्युब स्टार
गुगलको भिडियो शेयरिंग तथा स्ट्रिमिंग साइट युट्युबबाट गुगलले मात्र कमाएको छैन धेरै युट्युब सेलिब्रेटीहरुले समेत मनग्गे कमाउने गरेका छन् ।
फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार स्विडेनका एक २५ वर्षीय युवकले गएको वर्षमात्र युट्युबबाट १ करोड २० लाख अमेरिकी डलर कमाएका छन् ।
पिउडाइपाइ नामक चर्चित युट्युब च्यानल चलाउँदै आएका फेलिक्स जेलबर्ग गत वर्ष युट्युबबाट सबैभन्दा बढि कमाउने सेलिब्रेटी स्टार हुन् । उनले यु ट्युबमा विभिन्न जोकका भिडियो अपलोड गर्ने गर्थे ।
यु ट्युब स्टारको यु ट्युब च्यानलमा गुगलले विभिन्न विज्ञापनहरु राखिदिन्छ र सोही विज्ञापनबाट स्टारहरुले पैसा कमाउँछन् । साथै यु ट्युबबाटै चर्चित भएर उनीहरुले अन्य विभिन्न अवसरहरु पनि प्राप्त गर्दछन् अनि विश्वचर्चित बन्दछन् ।
गतवर्ष युट्युबबाट सबैभन्दा बढि कमाउने मध्ये दोश्रो स्थानमा कमेडी प्रान्क्स्टर स्मोस इयान हेकक्स र एन्थोनी प्याडिल्ला रहेका छन् । उनीहरुले ८५ लाख डलर कमाए । त्यस्तै बेन्नी र राफी फाइन दाजुभाइले पनि ८५ लाख डलर नै कमाएर संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन् ।
चौथो स्थानमा नर्तकी भायोलिन वादक लिन्डसे स्टिरलिंग रहेका छन्, जसले ६० लाख डलर कमाए । यु ट्युबमा सबैभन्दा धेरै कमाउने स्टारहरुको सूचिको पाँचौ स्थान कमेडियनहरु रेट र लिंकका साथै भिडियो गेम कमेन्टेटर केएसआइ भनेर चिनिने ओलाजिड ओलाटुन्जीले संयुक्त रुपमा कब्जा गरेका छन् । उनीहरुले ४५ लाख डलर कमाए ।
सातौँ स्थानमा मेकअप आर्टिस्ट मिचेल फान रहिन् उनले ३० लाख डलर कमाइन् ।
युट्युबबाट धेरै कमाउनेहरुको आठौँ स्थानका लागि त्रिपक्षीय भिडन्त भयो । कमेडियन लिली सिंह अर्थात् सुपरवुमन, प्रान्क्स्टर रोमन एटउड र शेफ रोनाजा पान्सिनोले वािर्षक २५ लाख कमाइ गर्न सफल भए ।
वाषिर्क रुपमा अर्बपतिको सूचि प्रकाशित गर्ने गरेको फोब्र्स पत्रिकाले पहिलोपटक युट्युबमा सबैभन्दा धेरै कमाउने स्टारहरुको सूचि पनि सार्वजनिक गरेको हो । निल्सेन, आइएमडीबी जस्ता अनलाइन श्रोतका साथै व्यवस्थापक, कानुनविद, उद्योगका आन्तरिक सूचनाश्रोतका
साथै युट्युबस्टार स्वयंसँगको अन्तरवार्ताको आधारमा यस्तो सूचि तयार पारिएको बताइएको छ ।