अफगानिस्तानमा गएको भूकम्पमा परी पाकिस्तानमा मात्रै दुई सय जनाको मृत्यु
१० कात्तिक, काठमाडौं । सोमबार अफगानिस्तानको हिन्दु कुश हिमालय पहाडलाई केन्द्र बनाएर गएको भूकम्पमा परी पाकिस्तानमा मात्रै दुई सय जनाको मृत्यु भएको छ ।
एक हजार भन्दा बढी मानिस घाइते भएको पाकिस्तानी अनलाइन डनले जनाएको छ । भूकम्पपछि पहिरो जाँदा पुरिएर, घर भत्कँदा घरले किचेर मानिसहरुको मृत्यु भएको थियो ।
पाकिस्तानको स्वात घाँटीका साथै पेशावर क्षेत्रमा धेरै क्षति पुगेको सञ्चार माध्यमले जनाएको छ ।
सोमबार काबुलबाट २५६ किलोमिटर उत्तर पूर्वमा हिन्दु कुश हिमालय पहाडलाई केन्द्र बनाएर ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पपछि ४ रेक्टर स्केलभन्दा माथिका दुई पराकम्प गएको छ ।
अफगानिस्तानमा पनि घरहरु भत्किएका छन् । एक स्कुलमा भूकम्पपछि भागदौड मच्चिँदा १२ छात्राको मृत्यु भएको छ ।