गृहपृष्ठ » मुख्य समाचार, समचारबेलायतमा नेपाली पत्रकार मृत भेटिए

बेलायतमा नेपाली पत्रकार मृत भेटिए

October 27, 2015२२८ पटक

लन्डन । बेलायतको हुक र बेजिङस्टोकबीच जंगलमा एक नेपाली पत्रकार मृत भेटिएका छन् । एभरेष्ट टाइम्स् साप्ताहिक पत्रिकाको अनलाइन संस्करणका फोटो पत्रकार हरिमान गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।

hariman gurungशनिबारदेखि बेपत्ता भएका पत्रकार गुरुङको मृत शरीर सोमबार दिउँसो हुक र बेजिङस्टोकबीच पर्ने जंगलमा भेटिएको बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स पत्रिकाका मार्केटिङ म्यानेजर ज्ञाम गुरुङले जानकारी दिए । पत्रकार गुरुङको मृत्युको कारण भने अझै खुलेको छैन ।

विगत ३ बर्षदेखि एभरेष्ट टाइम्स साप्ताहिकमा कार्यरत गुरुङ शनिबार अल्डरसटस्थित एम्पाएर हाउसमा प्रदर्शन भएको वडा नम्बर ६ चलचित्र हेरेर निस्केपछि बेपत्ता भएका थिए । आइतबार दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

श्रीमती सुनिता गुरुङ र दुई छोरीका साथ बेलायतको अल्डसटमा बसोबास गर्दै आएका गुरुङको कार बेजिङस्टक जाने बाटोमा शंकास्पद अवस्थामा फेला परेको थियो ।

कास्कीको घान्द्रुकमा जन्मिएका गुरुङ सन् २००६ मा हङकङ हुँदै बेलायत आएका थिए ।अनलाईन खबरमा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण