संविधानसभा बैठक फेरि स¥यो ।।
२२ साउन, काठमाण्डौ
आज बोलाइएको संविधानसभा बैठक भोलिका लागि सारिएको छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक संविधानसभाध्यक्षले भोलिका लागि सारेको संविधानसभा सचिवालयले सूचना टाँसेर जानकारी दिएको हो । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलका अनुसार भोलि दिउँसो तीन बजे संविधानसभा बैठक बनेछ । प्रदेश सीमाङ्कनको विषयमा प्रमुख चार दलका शीर्ष नेताबीच वार्ता लम्बिएपछि संविधान सभा बैठक स्थगित गरिएको हो । अहिले मुख्य चार दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।