कुकुरले चलायो आफ्नै मालिकमाथि गोली
कात्तिक १० – अमेरिकामा एक महिला आफूले पालेको कुकुरले चलाएको गोली लागेर घाइते भएकी छन् । इन्डाना राज्यकी २५ वर्षकी एली कार्टर आफूले पालेको कुकुरले चलाएको गोली लागेर घाइते भएकी हुन् ।
इन्डानाका पर्यावरण संरक्षण अधिकारी जोनथन बोयडका अनुसार संयोवश भएको घटनामा कार्टर घाइते भएकी हुन् । एलीले हाँस मार्नका लागि प्रयोग गरेको सनगनबाट गोली चलेको हो । एलीले लोड गरेको सटगनलाई भूइँमा राखेर अरुकाम गर्न लागेका बेला बन्दुकमाथि खैरो रंगको उनले पालेको कुकुर चढेपछि गोली चलेको थियो । गोली लागेर एलीको बायाँ खुट्टा र औलामा चोट लागेको छ । उनी उपचारपछि घर फर्किएकी छन् ।उज्यालो अनलाईनबाट