परासी फेरि बन्द
नवलपरासी, कार्तिक १० । संयुक्त मधेसी मोर्चा नवलपरासीले मंगलबारदेखि पुनः जिल्ला सदरमुकाम परासीसहित दक्षिण भेग बन्द आह्वान गरेको छ ।
६८ दिनदेखि बन्द भएको परासी क्षेत्रलाई दसैंका लागि भन्दै असोज २९ गतेदेखि खुकुलो बनाइएको थियो । दसैंको पूर्णिमा सकिएलगत्तै गराएको बन्दका कारण सदरमुकामसहित दक्षिणभेग पुनः ठप्प बनेको छ ।
विगतको आन्दोलनमाबन्द हुँदै आएका शैक्षिक संस्थालाई भने अहिले सुचारु गर्न दिइएको छ । ११ दिनदेखि उद्योग, व्यवसाय र यातायात सन्चालन गरेका व्यवसायी पुनः बन्द भएपछि मारमा परेका छन् ।
सीमांकन भएलगत्तै साउन २५ देखि मोर्चाले यस क्षेत्र बन्द गराउँदै आएको छ भने राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव छैन ।