कालोबजारीको १९ सय लिटर पेट्रोल सहित सात जना पक्राउ ।।
कालोबजारीको १९ सय लिटर पेट्रोलसहित सात जनालाई प्रहरीले काठमान्डौंको कलङ्कीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले कलंकीस्थित कपिल बुढाथोकीको घरमा लुकाइराखेको पेट्रोल बरामद गरेको हो । चर्को मूल्यमा पेट्रोल बेचिरहेको सूचनाका आधारमा प्रहरीले बुढाथोकीको घरमा छापा मारेको थियो । कपिल बुढाथोकीसँगै पर्साका हरिप्रसाद तिमिल्सिना, टंकप्रसाद तिमिल्सिना, घनश्याम रिसाल, तोकबहादुर पाख्रिन, रत्न बहादुर श्रेष्ठ र सिन्धुपाल्चोक तौथलीका गंगाकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।