दुई महिनादेखि बन्द रहेका सरकारी विद्यालयहरुमा पठनपाठन सूचारु ।।
सर्लाहीको मलंगवा स्रोत केन्द्र्र अन्तर्गतका सरकारी विद्यालयहरुमा आज देखि पठनपाठन सूचारु भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले दुई महिना देखि बन्द रहेका मलंगवा स्रोत केन्द्र्र अन्तर्गतका ७० वटा भन्दा बढी प्राथमिक, निम्न माध्यामिक र माध्यामिक विद्यालयहरुमा आज बिहान देखि पठनपाठन सूचारु भएको हो । लामो बन्दले विद्यार्थीको भविष्य अन्यौलमा परेपछि सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु सँग समन्वय गरि विद्यालय खुलाइएको मलंगवा स्रोत केन्द्र्रका अध्यक्ष एवं पब्लीक माबि मलंगवाका प्रधानाध्यापक सुवासकुमार यादवले बताउनुभयो ।