गृहपृष्ठ » मुख्य समाचार, राजनीतिताप्लेजुङ जिल्लाकी बुहारी राष्ट्रपति बनेपछि…

ताप्लेजुङ जिल्लाकी बुहारी राष्ट्रपति बनेपछि…

October 28, 2015२०१ पटक

biddya news

 

 

 

 

 

 

 

 

 

कात्तिक ११, ताप्लेजुङ । आफ्नै जिल्लाकी बुहारी नेपालको प्रथम महिला राष्ट्रपति बनेकोमा ताप्लेजुङबासी हर्सीत बनेका छन् ।

जिल्ला सँग सम्बन्ध जोडीएकी विद्यादेवी भण्डारी नेपालको दोस्रो राष्ट्रपति बनेसँगै जिल्लाबासीले भण्डारीलाई देशमा पछिल्लो समय देखिएको राजनितिक अस्थिरता र भारत सँगको सम्बन्ध सुधारलाई आफ्नो कार्यकालमा मुख्य प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

उनीहरुले देशको उच्च ओहोदामा भण्डारी पुगेकाले आफ्नो श्रीमानको जन्मथलोलाई नविर्सन आग्रह गर्दै ताप्लेजुङको पर्यटन प्रवर्दन साथै विकास निर्माणका कुरालाई पनि आफ्नो तर्फबाट प्राथमिकतामा राख्न भण्डारीलाई आग्रह गरेका छन् ।

२०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा जन्मिएकी विद्या देवी भण्डारी २०३९ सालमा नेकपा मालेका तत्कालीन महासचिव ताप्लेजुङको ढुङ्गेसाघुमा जन्मिएका मदन भण्डारीसँग वैवाहिक सम्बन्धमा बाँधिए पछि नव नियुक्त भण्डारीको ताप्लेजुङ सँग सम्बध जोडिएको छ ।

२०३५ र ०३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनी २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा संगठित भएकी थिइन् । २०३९ सालमा मदन भण्डारीसँग वैवाहिक सम्बन्धमा आबद्ध भण्डारी विवाहपछिका केही वर्ष राजनीतिमा निस्क्रिय भइन् ।

तर, २०५० साल जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा नेकपा मालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय मृत्यु भएपछि उनी सक्रिय राजनीतिमा फर्किएकि थिईन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण